संखुवासभा,नेपाली काग्रेसका नेता डा शेखर कोईरालाले आफुहरू बिशेष महाधिवेशन गरेर सभापती हटाउँने पक्षमा नरहेको बताउँनुहुदै बिधान अनूसार महाधिवेशन गरेर पार्टीलाई पुनर्जिवन दिनुपर्नेमा जोड दिनूभयो।
कोईरालाले भन्नूभयो-“पार्टी नेतृत्व बिधान अनुसार हिड्नुहोस, यदी बिधान अनूसार हिड्न सक्नूहून्न भने सहमती अनूसार हिड्नूहोस।” नेपाली काँग्रेस संखुवासभाले खाँदबारीमा आयोजना गरेको अभिमुखीकरण गोष्ठीलाई संबोधन गर्नूहुँदै डा कोईरालाले पार्टीको बिधानलाई अक्षरस: पालना गर्नूपर्ने बताउँनूभयो।
देश संघियतामा प्रवेस गरिसकेपछी पनी काँग्रेसले प्रादेशिक संरचना बनाउँन नसकेको बताउँनूहूँदै जतिसक्दो छिटो बिधान अनूसार पार्टीको प्रादेशिक संरचना बनाउँनूपर्ने बताउँनूभयो।कोईरालाले बिधान अनूसार अहिलेको केन्द्रिय कार्यसमितीको समय अब १ बर्ष नौ महिना मात्रै बाँकी रहेकोले यो समय भित्रै महाधिवेशन हूनूपर्नेमा जोड दिनूभयो।
डा कोईरालाले कुनैपनी गूट-उपगुटमा नलागी पार्टी पुनर्संरचनामा जुट्न कार्यकर्तालाई आग्रह गर्नूभयो।कार्यक्रममा काँग्रेस केन्द्रिय सदस्य गुरूराज घिमिरे, पूर्वराज्यमन्त्रीहरू-तारामान गुरुंग र दिपक खड्काले अब पूरानो परिपाटीले पार्टी नचल्ने बताउँनूभयो।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ