पनौती । पनौतीमा रहेको गोरखनाथ आधारभूत विद्यालयका लागि आड्रा नेपालले पुस्तकालय निर्माण गरिदिने भएको छ ।
आड्रा कोरियाको आर्थिक सहयोग तथा आड्रा नेपालको समन्वयमा उक्त पुस्तकालय निर्माण हुने भएको हो । आइतबार विद्यालयमा सम्पन्न एक कार्यक्रमको बिच पुस्तकालय उद्घाटन भएको छ । उद्घाटन कार्यक्रममा आड्रा कोरियाका कन्ट्री डाइरेक्टर तथा प्रतिनिधि तथा आड्रा नेपालका प्रतिनिधीको उपस्थिति रहेको थियो ।
पुस्तकालय उद्घाटन पश्चात विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण प्रसाद सापकोटाले पुस्तकालय विद्यार्थीको नियमित अध्ययन सँगै बाह्य ज्ञान प्राप्तीमा सहयोगी हुने बताए । पुस्तकालय व्यवस्थापन समितिका अध्यक्ष राजन दाहालले पुस्तकालय विद्यालय र समुदाय बिचको सम्बन्ध विस्तारमा सहयोगी सिद्धहुने बताएका थिए ।
विद्यालयका प्रधानाध्यापक ईश्वर बहादुर भण्डारीले भूकम्प पछि संचालन गर्न नसकिएको पुस्तकालय संस्थाले संचालन गरि सहयोग गर्न लागेकोमा धन्यवाद दिएका थिए । परीक्षणका रुपमा हाल जिल्लाका ३ विद्यालयमा पुस्तकालय संचालन गर्न लागिएको आड्रा नेपालले जानकारी दिएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ