मस्को,२१ माघ। रुसमा गएको २४ घन्टायता एकै दिनमा भएको कोरोना भाइरस सङ्क्रमण दर सबैभन्दा धेरै भएको बताइएको छ । यहाँ बिहीबार अघिल्लो २४ घन्टायता १ लाख ५५ हजारभन्दा बढी व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण देखा परेको छ । यो संख्या एकै दिनमा भएको अहिलेसम्मकै सबैभन्दा धेरै हो । त्यस्तै यो अवधिमा कम्तीमा पनि ६६५ जनाको ज्यान गएको बताइएको छ ।
यहाँ अहिलेसम्ममा ३ लाख ३३ हजार ३५७ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ । रुसमा पछिल्लो समयमा कोभिडका सङ्क्रमितहरुको संख्या बढेको पनि पाइएको छ । रुसमा सबैभन्दा बढी यहाँको राजधानी मस्को प्रभावित भएको छ । अहिले देखिएका सङ्क्रमितहरुमा पनि पछिल्लो समयमा सबैभन्दा बढी मस्कोमा नै भेटिएका छन् । यहाँ ओमिक्रोन भेरियन्ट पहिलेका वेभहरुको तुलनामा बढी नै फैलिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।सिन्ह्वा
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ