काभ्रे । नयाँ शैक्षिक सत्रको सुरुवात सँगै पनौती,६ मा रहेको गोरखनाथ आधारभूत विद्यालयले नयाँ भवन उद्घाटन तथा विद्यार्थी भर्ना अभियानको सुरुवात गरेको छ ।
विद्यालयको ४ कोठे भवनको रिवन काटेर उद्घाटन पश्चात स्थानीय बालिका रजिना तामाङको अभिभावकत्व ग्रहण गर्दै केन्द्रिय आयोजना कार्यान्वय इकाईका आयोजना निर्देशक निर्देशक इमनारायण श्रेष्ठले सुरक्षित भवन निर्माण सँगै सबै बालबालिकाले निःशुल्क शिक्षाको अवसर पाउनुपर्ने बताए ।
भुकम्प पछि शैक्षिक सँस्थाका भवन निर्माण गर्ने शुरु भए पनि पुग्दो बजेटको अभावमा सुरक्षित भवन बन्ने कुरामा शंका भए पछि विभिन्न परियोजनाको सहयोगमा अयोजना कार्यान्वय इकाई द्धारा निर्माण गरिएका भवनहरु पूर्ण सुरक्षाको ग्यारेन्टी गर्न सकिने गरी निर्माण भएका उनको भनाई थियो ।
आवश्यक बजेट, सामग्रीको गुणस्तर,सुपरिवेक्षण, उचित निर्माण प्रकृयाले मात्र सुरक्षित भवन निर्माण हुन सक्छ । हामीले विद्यालयका भवन निर्माण गर्दा यस्ता विषयमा जोड दिएका छौ ।
भूकम्प पछि यस किसिमका ३५ सय भवन निर्माण सम्पन्न भइ सकेका र अरु निर्माणको क्रममा रहेको उल्लेख गर्दै आगामी ३ वर्ष भित्र सम्पूर्ण क्षति पुगेका भवनहरुको निर्माण सम्पन्न गरिसक्ने जानकारी दिँदै बनेका भवनको संरक्षण तथा मर्मतको जिम्मेवारी स्थानीय तहको भएको उनले बताए ।
संविधानले नै शिक्षाको सम्पूर्ण अधिकार स्थानीय तहलाई दिएको छ । ‘अव बनेका भवनको संरक्षण तथा नयाँ भवन निर्माणको जिम्मेवारी समेत स्थानीय तहले नै गर्नुपर्छ’ श्रेष्ठको भनाई थियो ।
रजिनालाई कक्षा १ मा भर्ना गर्दै उनले सबै बालबालिकालाई विद्यालय सम्म ल्याउन सबैले आफ्नो जिम्मेवारी सम्झेर लागि पर्नुपर्ने बताएका थिए । बाबु नभएकी रजिना गरिब परिवारकी हुन । उनको लागि कक्षा १२ सम्मको पढाइ खर्च राज्यले बोहेर्ने छ ।
कार्यक्रमका विशिष्ट अतिथि जिल्ला आयोजना कार्यान्वय इकाईका प्रमुख शरद भण्डारीले विद्यालयमा बनेका भवनले विद्यार्थी शिक्षकहरुलाई भवन निर्माण सँगै विभिन्न विपतिबाट सुरक्षित बनाएको बताउँदै अब गुणस्तरीय शिक्षा प्रदान गर्न तिर लाग्नुपर्ने बताए ।
स्थानीय तहले शिक्षामा लगनी गर्न कन्जुस्याई गर्न नहुने उनको तर्क थियो । कार्यक्रमका अर्का विशिष्ट अतिथि पनौती नगरपालिकाका स्रोत व्यक्ति महेश्वर जंगमले भूकम्प पछि विभिन्न दाताले निर्माण गरिदिएका भवनबाट विद्यालय तथा नगरपालिकाले नै राहत महशुुस गरेको समयमा नवनिर्मित भवनले विद्यालयमा पठनपाठनका लागि सहज बनाइदिएको बताउँदै विद्यालयले संचालन गर्ने शैक्षिक गतिविधिमा नगरपालिका शिक्षा शाखा सधै सहयोगी बन्ने बताए ।
कार्यक्रमका अतिथि तथा वडा नं ६ का वडा अध्यक्ष सुधिर सापकोटाले भूकम्पबाट क्षति पुगेर पनि विद्यालयको संरचना छोटो समयमा नै निर्माण भएकोमा खुशी व्यक्त गदै विद्यालयको भौतिक तथा शैक्षिक विकासमा वडाको तर्फ बाट निरन्तर सहयोग रहने बताए ।
विद्यालयका प्रधानाध्यापक ईश्वर बहादुर भण्डारीले विद्यालयको संक्षिप्त इतिहास प्रस्तुत गर्दै विद्यालयले भौतिक निर्माण पछि शैक्षिक गुणस्तको बृद्धिमा ध्यान दिने बताए ।
उनले भवन निर्माणमा कुल ५८ लाख रुपैया र्खच भएको प्रतिवेदन पेस गरेका थिए । भवन किार्यक्रमका सभापति नारायण सापकोटाले भवन निर्माणमा सहयोग गर्ने दाताहरुलाई धन्यवाद व्यक्त गर्दै विद्यालयलको शैक्षिक गुणस्तर बृद्धिका लागि सधै लागिपर्ने बताए ।
स्थानीय समाजसेवीहरुले प्रदान गर्दै आएका पुरस्कारहरु उक्त अवसरमा वितरण गरिएको थियो ।
स्व. हिरा बहादुर खड्काको स्मृतिमा उनका छोरा तथा विद्यालयका पूर्व प्र.अ प्रअ अर्जुन कुमार खडकाले सुधारिएको चूलो शीर्षकमा विद्यालयका विद्यार्थीहरुबाट निबन्ध लेखन गराई उत्कृष्टलाई नगद सहित पुरस्कृत गर्दै आएका छन् ।
कार्यक्रममा निबन्ध लेखनका प्रतियोगिलाई नगद सहित पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगितामा कक्षा ७ मा अध्ययनरत विद्यार्थी शिखा लामा प्रथम भएकी थिइन् ।
स्थानिय समाजसेवी धर्मराज खडकाले पिता ओतमान सिंह खड्काको स्मृतिमा हरेक वर्ष प्रदान गर्दै आउनुभएको कक्षा कक्षा ८ बाट उत्र्तीण हने मध्येका प्रथम छात्रलाई नगद सहित प्रमाणपत्रले सम्मान गरेका थिए । कक्षा ८ बाट प्रथम श्रवण आचार्यले उक्त पुरस्कार प्राप्त गरेका थिए ।
त्यस्तै अर्का समाजसेवी कुमार बस्नेतले ६ ओटा कक्षाका प्रथम हुन सफल विद्यार्थीलाई नगद सहित पुरस्कृत गरेका थिए । भने वडा अध्यक्ष सुधिर सापकोटाले २ ओटा कक्षाका प्रथम हुन सफल विद्यार्थीलाई नगदले पुरस्कृत गरे ।
कार्यक्रममा नाङशाल एसोसियसन नेपालका अध्यक्ष दिनेशलामा, डिजाइनर इन्जिनियर ईश्वरी प्रसाद खरेल भवन कार्यान्वय इकाइका इन्जिनियर,विद्यालयका पूर्व प्र.अ पूर्व विव्यस अध्यक्षहरु स्थानीय समाजसेवीहरुको उपस्थिति रहेको थियो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ