सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १२ बैशाख २०८३ / Saturday, 25 April 2026

थप ३,१७५ जनामा कोरोना संक्रमण पुष्टि, १४ जनाको मृत्यु

प्रकाशित समय: बिहिवार, ०५ : ३३ बजे माघ २० गते



थप ३,१७५ जनामा कोरोना संक्रमण पुष्टि, १४ जनाको मृत्यु

काठमाडौं, २० माघ।नेपालमा थप ३ हजार १ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

 

देशभर गरिएको १० हजार २६ पिसिआर परिक्षणका क्रममा २ हजार ७ सय ४२ जना र २ हजार ५ सय ७९ एन्टीजेन परिक्षणका क्रममा ४ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोनाका कारण थप १४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ७ सय ७८ जनाको मृत्यु भएको छ ।

 

त्यस्तै थप ८ हजार ७ सय २३ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख ८७ हजार ४ सय ४३ जना निको भएका छन् । हाल नेपालमा ६३ हजार २ सय ९६ सक्रिय संक्रमित आइशोलेशन र १ सय ३८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।