ललितपुर ६ बैशाख । नयाँ शैक्षिक वर्षमा राज्यले अवलम्बन गरेको राष्ट्रिय भर्ना अभियानमा गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जन साे अभियानमा लाग्नु भएको छ ।
नगरभित्र रहेका सामुदायिक शिक्षण सस्थामा अाफै उपस्थित भएर उहाँ भर्ना अभियानमा लाग्नु भएको हाे ।
यस क्रममा अाज नगरपालिकाका वडा नम्बर ९ स्थित बुद्ध मावि, वडा नम्बर ८ स्थित गणेश मावि र चण्डी देवी अाधारभुत विद्यालयमा भर्ना कार्यक्रममा नगर प्रमुख महर्जनकाे उपस्थित रहेको थियाे ।
उहाँले कुनै पनि बालबालिका शिक्षावाट वञ्चित हुन नहुने बताउनुभयो । शिक्षाविना कुनै पनि विकास अघि बढ्न नसकिने उहाँको तर्क रहेकाे थियाे ।
शिक्षा विकासमा नगरपालिकावाट अावश्यक सहयाेग र दिर्घकालिन याेजना बनाउने उहाँले प्रतिवद्ता व्यक्त गर्नभयाे ।
अभियानमा बिद्यार्थीहरुलाइ किताब कापी निशुल्क वितरण गरिएको थियाे । भर्ना अभियानमा नगरपालिका सामाजिक विकास समितिका सयाेजक भाष्कर थापाकाे सहभागीता थियाे ।
नगरपालिकाभित्र ३६ वटा सामुदायिक र ४७ वटा सस्थागत विद्यालय रहेका छन ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ