काठमाडौं, १० माघ । उपचारका क्रममा दुई महिनादेखि चीनमा रहेका नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य वर्षमान पुन ‘अनन्त’ आज स्वदेश फर्कदैछन् । चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा जण्डिसको उपचार गराएका नेता पुन आज अपरान्ह चार्टर विमानमार्फत् नेपाल आउने लागेका हुन् । उनीसँगै पूर्वसभामुखसमेत रहेकी पत्नी ओनसरी घर्ती पनि नेपाल आउनेछिन् ।
वंशाणुगत जण्डिसका बिरामी पुनको त्यसअघि जावलाखेलस्थित सुमेरु अस्पतालमा उपचार भएको थियो । तर, त्यहाँ उपभार सम्भव नभएपछि चिकित्सककको परामर्शमा उनी १३ असोजमा थाइल्याण्डको राजधानी बैंकक पुगेका थिए ।
त्यसपछि १० मंसिरमा उनलाई चीन लगिएको थियो । पुन माओवादी केन्द्रमा महासचिवको दावेदार छन् । उनी चीनमा रहेकाले माओवादीले अहिलेसम्म पदाधिकारी चयन गरेको छैन ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ