काठमाडौं, वान अप प्रालिले विगतका वर्षहरु झैं यसबर्ष पनि मेगा अस्ट्रेलिया शैक्षिक मेला भएको छ। प्रालिले गर्न लागेको यो तेस्रो मेगा अष्ट्रेलिया शैक्षिक मेला हो।
चैत्र १६ र १७ गते दरबारमार्गस्थित होटल अन्नपूर्णमा हुन लागेको मेलामा उत्कृष्ट कलेज युनिभर्सिटी तथा कन्सल्टेन्सी सहित ३० भन्दा बढी संस्थाको सहभागिता हुने आयोजकले बताए।
नेपाल सरकार शिक्षा मन्त्रालयबाट जारी परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका २०७३ बमोजिम स्वीकृति प्राप्त गरी मेला आयोजना गरेको आयोजकले बताए।
मेलामा छात्रवृत्ति सम्बन्धी जानकारी आईईएलटीएसमा उच्च अङ्क प्राप्त गर्ने तरिका तथा करियर काउन्सिलिङ लाई प्राथमिकताकासाथ जानकारी दिइनेछ।
शैक्षिक मेलामा विद्यार्थी तथा अभिभावकहरुले निःशुल्क प्रवेश गर्न पाउनेछन्।
मेलाको मुख्य प्रायोजकहरुमा हार्वरकलेजअस्ट्रेलिया, असस्टडीज, एआइपीएजुकेशन कन्सल्टेन्सी, इ–प्लानेटएजुकेशन,काठमाडौं इन्फोसिस, ओली एण्ड एसोसिएट्स, प्रोफेसनल एजुकेशन कन्सल्टेन्सी र क्विन्सफोर्ड कलेज अस्ट्रेलिया रहेका छन्।
प्रायोजकहरुमा भने डाइनामिकयुनिभर्स, हबइन्टरनेशल, एक्सेसएजुकेशन नेटवर्क, एइग्लोवल, अल्फाविटा, बुमर्याङ इन्टरनेशनल, चिसम इन्ष्टिच्युट, एक्सपर्ट एजुकेशन, ग्रेस इन्टरनेशनल, मेट्स एजुकेशन, नोवेल एजुकेशन, पाथफाइन्डर इन्टरनेशल एजुकेशन, पिक्सर एजुकेशन, द–नेक्स्ट, युनिक्याम्पसरवाइडरेन्ज इन्टरनेशनल रहेका छन्।
शैक्षिक मेलाकोआइटी पार्टनर माकम्युनिकेट मिडिया रहेकोछ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ