ललितपुर, सातदोबाटोबाट चापागाउँ जाने सडक आज दिउसोबाट सञ्चालनमा आएको छ।
सातदोबाटो चोकबाट चापागाउँ जाने सडक फराकिलो बनाई कालोपत्रे गर्नुपर्नेमा दुई वर्षअगाडिदेखि सडक भत्काएर लथालिंग अवस्थामा छोडेका कारण स्थानीयहरुले केहीदिनदेखि कालोपत्रेको काम सुरु गर्नुपर्ने मागसहित सडक बन्द गरेका थिए।
सडक निर्माणको जिम्मेवारी पाएको युनाइटेड विल्डर्स प्रालिले सडक डिभिजन कार्यालय ललितपुर सँग २०६८ सालमा गरेको सम्झौताअनुसार काम सुरु गर्नुपर्ने भएपनि तत्कालिन समयमा स्थानीयले भौतिक संरचना भत्काउन रोकेपछि सडक निर्माणको काम रोकिएको थियो। पछि स्थानीय आफैंले आफ्ना भौतिक संरचना भत्काएपछि सडक निर्माणकार्य सुरु भएको थियो।
यसअगाडि स्थानीयले सडक डिभिजन कार्यालय ललितपुरमा पटकपटक सडक निर्माण शुरु गर्न डिभिजन प्रमुख ध्यानाकर्षण गराएका थिए।युनाइटेड विल्डर्स र सडक डिभिजनले वेवास्ता गरेपछि स्थानीय हिमाल राईको संयोजकत्वमा दबाब संघर्ष समिति नै बनाएर स्थानीयले सडक बन्द गरेका थिए।
केहीदिनदेखि लगातार सडक बन्द भएपछि आज दिउँसो प्रमुख जिल्ला अधिकारी महादेव पन्थ, सडक डिभिजन कार्यालयका प्रमुख प्रकाश चन्द्र भण्डारी, युनाइटेड विल्डर्स प्रा लि का शकुन्तला हिराचन, प्रहरी प्रमुख गणेश ऐर, ललितपुर महानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष शुदर्शन मिश्र,संघर्ष समितिका संयोजक हिमाल राई र अन्य सरोकारवालाहरु बसि सडक खुलाउने विषयमा छलफल भएको थियो।
छलफलमा युनाइटेड विल्डर्स प्रालीले चैत १५ गतेभित्र चापागाउँ डोबाटो चोकदेखि तीन सय मिटर कालोपत्रे गर्ने, बाँकी सडक साम्पाङ चोकसम्म वैशाख १५ गतेभित्र कालोपत्रे गर्नेगरी सहमति भएको वडाअध्यक्ष सुदर्शन मिश्रले जानकारी गराउनुभयो।
उहाँले तोकिएको समयभित्र काम पुरा नगरे युनाइटेड विल्डर्स प्राली विरुद्ध नियमानुसार कारबाही अगाडि बढाइने जानकारी गराउनुभयो। यही सहमति अनुसार सडक आज दिउँसोबाट सञ्चालनमा आएको हो।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ