काठमाडौं, ७ माघ । काठमाडौं उपत्यकाभित्र शुक्रबार मध्यराति १२ बजेदेखि सवारीसाधनमा जोर विजोर प्रणाली लागु गरिएको छ । कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि उपत्यका तीनवटै जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेशमा शुक्रबार मध्यराति जिल्लाभित्र चल्ने सवारीसाधनमा जोर विजोर प्रणाली लागु गरिएको छ ।
‘जिल्लाभित्र जोर गते जोर र विजोर गते विजोर नम्बर प्रणालीमा सवारीसाधन सञ्चालन गर्ने’, जारी आदेशमा भनिएको छ । साथै लामो दूरीमा यात्रुको सम्भव भएसम्म एन्टिजेन परीक्षण गर्नुपर्ने पनि भनिएको छ ।
सवारीसाधन प्रयोग गर्दा अनिवार्य मास्क, सेनिटाइजरको प्रयोग गर्न, सिट क्षमताभन्दा बढी यात्रु नचढाउन आदेश दिइएको छ । बिहीबार जारी गरिएको आदेशमा अर्काे सूचना जारी नभएसम्मका लागि लागु हुनेछ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ