सत्य, निष्पक्ष र खोजमुलक समाचार
बुधवार, १६ बैशाख २०८३ / Wednesday, 29 April 2026

मधेश प्रदेश : राष्ट्रिय सभा निर्वाचनमा एमाले र लोसपाको गठबन्धन

प्रकाशित समय: बिहिवार, ०३ : ३० बजे माघ ६ गते



मधेश प्रदेश : राष्ट्रिय सभा निर्वाचनमा एमाले र लोसपाको गठबन्धन

जनकपुरधाम, ६ माघ।मधेश प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनमा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच गठबन्धन बनेको छ ।

 

एमfले मधेश प्रदेश कमिटी अध्यक्ष राम औतार यादव र लोसपा मधेश प्रदेश समिति अध्यक्ष जितेन्द्र सोनलले संयुक्त रुपमा विज्ञप्ति जारी गरेर आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा दुवै पार्टीबीच गठबन्धन बनेको जानकारी दिएका हुन् ।उनीहरूका अनुसार एमालेका उम्मेदवार उसमान अंसारी (सूर्य छाप) र महिलातर्फ लोसपाका उम्मेदवार रुपाकुमारी यादव (साईकल छाप) लाई मतदान गर्ने सहमति भएको छ ।

 

राष्ट्रिय सभा सदस्यको निर्वाचन यही १२ माघमा निर्वाचन हुँदै छ ।