पुस, ५ अछाम।अछाममा थप सात हजार ४०७ जना मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयको साउनदेखि पुस मसान्तसम्म गरिएको नामावली संकलन कार्यक्रम अन्तर्गत उक्त संख्यामा मतदाता थपिएका हुन् । अब पुस मसान्तसम्म जिल्लामा नयाँ र पुराना गरी एक लाख ५७ हजार १७ पुगेको छ । जसमा महिला ८० हजार ६८५ र पुरुष ७६ हजार ३३० रहेका छन् । यसअघि अछाममा एक लाख ४९ हजार ६१० मतदाता रहेको थिए ।
साउनदेखि पुस मसान्त नियमिततर्फ चार हजार ४६२ र विशेष कार्यक्रमतर्फ दुई हजार ९४५ मतदाता थपिएका हुन् । जिल्ला निर्वाचन कार्यालमा ३६०, जिल्ला प्रशासन कार्यालयमा तीन हजार ६११ र ईलाका प्रशासन कार्यालय विनायकमा ४८२ जनाले नामावली दर्ता गराएका छन् ।यस्तै जिल्ला निर्वाचन कार्यालय, अछामले मंसिर दोस्रो साताबाट मतदाता नामावली संकलन विशेष कार्यक्रम सञ्चालन गरेको थियो । निर्वाचन कार्यालय अछामले १७ - २६ मंसिरसम्म पाँचवटा पालिका र २८ मंसिरदेखि ८ पुससम्म चारवटा पालिका गरी जम्मा नाै वटा पालिकाहरूमा दुई चरणमा टोलीमार्फत नामावली संकलन गरिएको थियो । मंगलसैन नगरपालिकामा भने जिल्ला निर्वाचन कार्यालयबाट नामावली संकलन गरिएको थियो । विशेष कार्यक्रमतर्फ पन्चदेवल विनायक नगरपालिकामा ९८७ र सबैभन्दा कम तुर्माखाँद गाउँपालिकामा ११६ मतदाता थपिएका हुन् ।
साँफेबगर नगरपालिकामा ४१२, रामारोशन गाउँपालिमा ३०४, चौरपाटी गाउँपालिकामा २४१, मेल्लेख गाउँपालिकामा २२८ र बान्नीगढी जयगढ गाउँपालिकमा २५३ मतदाता थपिएका हुन् ।यस्तै कमलजबार नगरपालिकामा २४९ र ढकारी गाउँपालिकामा १५५ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय अछामले जानकारी दिएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ