सत्य, निष्पक्ष र खोजमुलक समाचार
मगलवार, ११ माघ २०७८ / Tuesday, 25 January 2022

२०० रुपैयाँले बढ्याे सुनकाे भाउ



प्रकाशित समय: शुक्रवार, १२ : ०३ बजे पुष ३० गते



२०० रुपैयाँले बढ्याे सुनकाे भाउ

काठमाडौं, ३० पुस।नेपाली बजारमा शुक्रबार सुन प्रतिताेला २०० रुपैयाँले बढेकाे छ । नेपाल  सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार  छापावाल सुन प्रतितोला ९२ हजार५०० रुपैयाँमा कारोबार भएकोमा शुक्रबार २०० को दरले बढेर प्रतितोला ९२ हजार ७०० रुपैयाँमा काराेबार भइरहेकाे छ ।

 

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९२ हजार  २०० रुपैयाँ  निर्धारण भएको छ । चाँदीको भाउ पनि प्रतितोलामा एक हजार २६० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ प्रतितोलाको एक हजार २५५ रुपैयाँमा कारोबार भएको थियो ।