सत्य, निष्पक्ष र खोजमुलक समाचार
मगलवार, ११ माघ २०७८ / Tuesday, 25 January 2022

बिहीबार थप ३५५३ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु



प्रकाशित समय: बिहिवार, ०५ : २२ बजे पुष २९ गते



बिहीबार थप ३५५३ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

काठमाडौं, २९ पुस । नेपालमा बिहीबार ३ हजार ५ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

 

देशभर गरिएको १० हजार ४ सय ९८ पिसिआर परिक्षणका क्रममा २ हजार ९ सय २२ जना र ४ हजार ५ सय ८३ एन्टीजेन परिक्षणका क्रममा ६ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ४० हजार ५ सय २२ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणका कारण ११ हजार ६ सय १० जनाले ज्यान गुमाएका छन् ।

 

त्यस्तै थप २ सय ७१ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख १५ हजार ३ सय ४७ संक्रमित निको भएका छन् । हाल मुलुकभर १४ हजार ३ सय ४० सक्रिय संक्रमित आइशोलेशन र १ सय २२ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।