सत्य, निष्पक्ष र खोजमुलक समाचार
आइतवार, १३ बैशाख २०८३ / Sunday, 26 April 2026

गृह मन्त्रालयद्वारा बिहीबारबाट सिंहदरबार प्रवेशमा कडाइ

प्रकाशित समय: बिहिवार, ०२ : २४ बजे पुष २९ गते



गृह मन्त्रालयद्वारा बिहीबारबाट सिंहदरबार प्रवेशमा कडाइ

काठमाडौं, २९ पुस । गृह मन्त्रालयले बिहीबारबाट सिंहदरबार प्रवेशमा कडाइ गरेको छ । मन्त्रालयले ओमिक्रोन भेरियन्टको जोखिमलाई हेरेर सबै मन्त्रालय, निकाय, सचिवालय, आयोगले जारी गरेको स्थायी तथा अस्थायी पास र अस्थायी परिपत्रपत्र खारेज गर्दै सिंहदरबार प्रवेशमा कडाइ गरेको हो ।

मन्त्रालयका अनुसार कुनै पनि निकायले अब नयाँ अस्थायी पास वा परिपत्रपय जारी गर्नु परेमा गृह मन्त्रालयको पूर्व सहमति लिनुपर्नेछ । सरसफाइसँग सम्बन्धित व्यक्तिहरुको हकमा यसअघि जारी भएको पासकै आधारमा प्रवेश दिइनेछ भने पत्रकारहरुले सूचना विभागले जारी गरेको परिचयपत्रका आधारमा प्रवेश पाउने व्यवस्था गरिएको छ ।