एजेन्सी/ नयाँ दिल्ली । भारतमा कोभिड संक्रमण तीव्र वेगमा बढिरहेको छ । बुधबार एकै दिन एक लाख ९४ हजार जनामा संक्रमण देखिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै कोभिड संक्रमितको संख्या पनि दिनहुँ बढिरहेको छ ।
पछिल्लो समयमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीमा पनि संक्रमण बढेको छ । बुधबारको संक्रमण दर अघिल्लो दिनको तुलनामा १५ प्रतिशतले बढेको हो ।
भारतमा दैतिक संक्रममण दर औषतमा ११ प्रतिशत छ । भारतका २७ ओटा राज्य र युनियन टेरिटोरीमा ओमिक्रोन फैलिएको छ । संक्रमण बढेसँगै सरकारले बुस्टर डोज दिन थालेको छ । १५ देखि १८ वर्ष समूहका २ करोडभन्दा बढी युवाहरुले पूर्ण खोप लगाएका छन् ।
यसैबीच, रक्षामन्त्री राजनाथ सिंहलाई कोभिड पोजेटिभ भएको छ । सिंहलाई सामान्य लक्षण देखिएको छ । संक्रमण देखिएपछि उनी घरमै क्वारेन्टिनमा छन् । आफ्नो सम्पर्कमा रहेका सबैलाई आइसोलेसनमा बस्न र कोभिड परीक्षण गर्न उनले आग्रह गरेका छन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2022. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
दुर्गा आचार्य
aadurga@gmail.com
संवाददाता:
कमल प्रसाद दहाल