काठमाडौं, २४ पुस।सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज तीन खेलहरू हुँदैछन् ।
लिगको आठौं चरण अन्तर्गत शनिबार तीन खेलहरू हुनेछन् । जसमा दुई खेल दशरथ रङ्गशाला र एक खेल पोखरा रङ्गशालामा हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने पहिलो खेलमा मछिन्द्र फुटबल क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । मछिन्द्र र फ्रेन्ड्सबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ । मछिन्द्र ७ खेल १७ अङ्क जोडेर शीर्ष स्थान रहेको छ । मछिन्द्र फ्रेन्ड्सलाई हराएर शीर्ष स्थान कायमै राख्न चाहन्छ । फ्रेन्ड्स ३ अङ्क जोडेर पुछारमा रहेको छ । फ्रेन्ड्स पनि मछिन्द्रविरुद्ध अप्रत्यासित नतिजा निकाल्न चाहन्छ ।
\यस्तै पोखरा रङ्गशालामा मनाङ मर्स्याङ्दी क्लब र च्यासल युथ क्लबबीच खेल हुनेछ । मनाङ र च्यासलबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ । मनाङ ७ खेलमा १६ अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ । च्यासललाई हराएर मनाङ उपाधि होड कायमै राख्न चाहन्छ । च्यासल ७ खेलमा ५ अङ्क जोडेर लिगको १३ औं स्थानमा रहेको छ । च्यासल मनाङलाई हराएर रेलिगेसन क्षेत्रबाट माथि उक्लने योजनामा हुनेछ । दशरथ रङ्गशालामा हुने दोस्रो न्युरोड टिम एनआरटी र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । एनआरटी र आर्मीबीचको खेल ४ः४५ बजे सुरु हुनेछ । एनआरटी ७ खेलमा १० अङ्क जोडेर सातौं स्थानमा रहेको छ । आर्मी ११ अङ्क जोडेर चौंथो स्थानमा रहेको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2022. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
दुर्गा आचार्य
aadurga@gmail.com
संवाददाता:
कमल प्रसाद दहाल