सत्य, निष्पक्ष र खोजमुलक समाचार
बिहिवार, १० बैशाख २०८३ / Thursday, 23 April 2026

हामी कांग्रेसलाई पुरानै अवस्थामा फर्काउँछौं-शेखर कोइराला

प्रकाशित समय: मगलवार, ०६ : ४९ बजे फाल्गुन १५ गते



हामी कांग्रेसलाई पुरानै अवस्थामा फर्काउँछौं-शेखर कोइराला

काभ्रेपलान्चोक फाल्गुन,नेपाली काँग्रेसका नेता डा शेखर कोईरालाले उत्तर अथवा दक्षिणतर्फ फर्केर छिमेकीलाई गाली गरेर राष्ट्रियता बलियो नहूने बताउँनूभएको छ।

 

डा कोईरालाले यतिबेला मूलूकको राष्ट्रियता अत्यन्तै कमजोर बनेको बताउँनूहूँदै देश र जनतालाई केन्द्रबिन्दूमा राखेर काम गरे मात्रै राष्ट्रियता बलियो हूने बताउँनूभयो।

 

सप्तलाल तथा श्रीराम स्मृति प्रतिष्ठानले काभ्रेको पनौतीमा आयोजना गरेको कार्यक्रमलाई संबोधन गर्नूहूँदै डा कोईरालाले भन्नूभयो-“पार्टी नेतृत्वले बिभिन्न समयमा गरेका अलोकप्रिय निर्णयहरूकै कारण काँग्रेसले पराजयको सामना गर्नू पर्यो।अब हामी काँग्रेसलाई पूरानै अवस्थामा जसरी पनी फर्काउँछौं।”

 

पूर्व सांसदहरू हर्षजित लामा,तिर्थ लामा, प्रदेससभा-३ की सदस्य रजनी जोन्छे लगायत नेताहरुको उपस्थिती रहेको कार्यक्रममा नेपाली काँग्रेस काभ्रेका सभापती मधू आचार्य लगायतले मन्तब्य राख्नूभएको थियो।