सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, १४ बैशाख २०८३ / Monday, 27 April 2026

अहिलेको विधानले कांग्रेस पार्टी चल्दैन- डा शेखर कोईराला

प्रकाशित समय: मगलवार, १० : ४६ बजे फाल्गुन ८ गते



अहिलेको विधानले कांग्रेस पार्टी चल्दैन- डा शेखर कोईराला

चितवन,नेपाली काँग्रेसका नेता डा शेखर कोईरालाले सभापती शेरबहादूर देउवाको गैरजिम्मेवार अभिब्यक्तीका कारण कार्यकर्ताको मनोबल कमजोर भएको बताउँनूभएको छ।

 

डा कोईरालाले भन्नूभयो-“सभापतीजीले पार्टी हारेको हैन, ब्यक्ती हारेको  भनेर भन्न सूहाउँछ?” कोईरालाले अहिलेको बिधानबाट पार्टी चल्न नसक्ने बताउँनूहूँदै जतिसक्दो छिटो महासमितीको बोलाएर पार्टीलाई संघिय संरचनामा लैजानूपर्ने बताउँनूभयो।

 

नेतृत्वबाट महासमिती बैठक रोक्ने षडयन्त्र भैरहेको भन्दै त्यसतर्फ खबरदारी गर्न कार्यकर्तालाई आग्रह गर्नूभयो।प्रजातन्त्र सेनानी संघ चितवनले नारायणगढमा आयोजना गरेको कार्यक्रमलाई संबोधन गर्नूहूँदै बिपि कोईरालाको राष्ट्रियता र समाजबादको पूनपरिभाषा गर्नूपर्नेमा जोड दिनूभयो।

 

कार्यक्रममा चितवन काँग्रेसका सभापती जितनारायण श्रेष्ठ र प्रजातन्त्र सेनानी संघका केन्द्रिय सभापती टंक शर्मा कँडेलले अहिलेको नेतृत्वबाट अब पार्टी चल्न नसक्ने बताउँनूहूँदै नेतृत्व परिबर्तनको बिकल्प नभएको बताउँनूभयो।