काठमाडौं, १५ पुस । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको बिहीबार पाँचौँ दिनको बन्दसत्र सुरु भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदन र नेता देव गुरुङको विधान मस्यौदामाथि मंगलबार २५ वटा समूहमा छलफल भएको थियो ।
बुधबारबाट समूहगत छलफलको निष्कर्ष प्रस्तुत भइरहेको छ । बुधबार ११ वटा समूहले आ–आफ्नो निष्कर्ष प्रस्तुत गरेका थिए भने बाँकी १४ समूहले बिहीबार प्रस्तुत गर्नेछन् । जारी बन्दसत्रमा बाँकी समूहका नेताले आ–आफ्नो समूहको निष्कर्ष प्रस्तुत गर्ने क्रम सुरु भइसकेको छ ।
प्रतिवेदनमाथि उठेका जिज्ञास र प्रश्नको बिहीबारै अध्यक्ष प्रचण्डले जवाफ दिने बताइएको छ । गत आइतबारबाट सुरु भएको महाधिवेशनले १५ पदाधिकारीसहित २९९ केन्द्रीय कार्यसमिति चयन गर्नेछ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ