जनकपुरधाम, २३ मंसिर।धार्मिक तथा ऐतिहासिक सीताराम विवाहपञ्चमी महोत्सव आज बिहीबार विधिवत् रूपमा सम्पन्न हुँदै छ । महोत्सवको मूख्य आकर्षण भगवान राम र सीताको स्वयंवर विवाह बुधवार राती सम्पन्न पश्चात बिहीबार रामकलेवा हुँदै महोत्सव सम्पन्न हुने जानकी मन्दिरका छोटा महन्थ रोशन दासले बताए।
रामकलेवामा जन्तीको रूपमा भारतको अयोध्यासहितका स्थानबाट आएका सन्तमहन्थहरूलाई जानकी मन्दिरले भोज खुवाई दक्षिणासमेत दिएर बिदाइ गर्ने चलन छ । पौराणिक कालमा सीतारामको विवाह भएको सम्झना स्वरुप प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन लाग्ने विवाहपञ्चमी महोत्सवमा स्वदेश तथा छिमेकी मुलुक भारतबाट आएका श्रद्धालुभक्तजनहरू बिहानैदेखि घर फर्किरहेका छन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ