खोटाङ, २२ मंसिर।खोटाङका कांग्रेस नेता रविप्रकाश राईले केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । केही समयअघि सम्पन्न जिल्ला अधिवेशनबाट संघीय महाधिबेशन प्रतिनिधि निर्वाचित भएका राईले कांग्रेसको राष्ट्रिय महाधिवेशनमा आदिवासी जनजाति काेटाबाट केन्द्रीय सदस्यमा उठ्ने घोषणा गरेका हुन् ।
संस्थापन पक्षबाट जिल्ला सभापतिको आकांक्षी रहेका उनी अन्तिममा केन्द्रीय सदस्यमा उठ्ने गरी जिल्ला सभापतिको दौडबाट ‘व्याक’ भएका थिए । नेतृत्वमा युवा पुस्ताको उपस्थिति हुनुपर्ने पक्षमा निरन्तर वकालत गर्दै आएका राई २०७० सालको संविधानसभा सदस्यका उम्मेदवार पनि हुन् ।
हालसम्म खोटाङबाट कोही पनि कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित हुन सकेका छैनन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ