सत्य, निष्पक्ष र खोजमुलक समाचार
आइतवार, १३ बैशाख २०८३ / Sunday, 26 April 2026

कांग्रेस अधिवेशन : सर्लाही–४ मा मतदान जारी 

प्रकाशित समय: मगलवार, ०४ : ३६ बजे मंसिर २१ गते



कांग्रेस अधिवेशन : सर्लाही–४ मा मतदान जारी 

सर्लाही, २१ मंसिर।नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सर्लाही–४ मा  अधिवेशन सुरु भएको छ । नयाँ क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिका लागि मतदान भइरहेको छ । गोडैता नगरपालिका–५ रामवनमा अधिवेशन भइरहेको छ ।  

 

अधिवेशनमा अमरेशकुमार सिंह पक्षबाट हरेन्द्र सहनी र वीरेन्द्र सिंह समूहका रामआश्रय साह सभापतिका उम्मेदवार छन् । करिब ८०० मतदाता छन् । अमरेश र वीरेन्द्र दुवै महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवार बनेका छन् । अमरेश र वीरेन्द्र पक्षबीचकै विवादका कारण सर्लाहीका चारवटै निर्वाचन क्षेत्रमा अधिवेशन हुन सकेको थिएन । 

 

अहिले क्षेत्र नम्बर १ र ४ मा मतदान भइरहेको छ भने ३ मा प्रक्रिया सुरु भएको छ । क्षेत्र नम्बर ३ मा बुधबार मतदान हुने भएको छ । क्षेत्र नम्बर २ मा अझै विवाद कायमै छ ।