चितवन, १८ मंसिर।नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेन सकिन वित्तिकै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' चितवन आइपुगेका छन् । गृहजिल्लामा प्रचण्डको आउजाउ बाक्लिएको हो ।
महाधिवेशनअघि मात्रै प्रचण्डले ६ जना मन्त्री भरतपुरमा उतारेर विकास बहसको कार्यक्रम गरेका थिए । शुक्रबार चितवन आइपुगेका प्रचण्डले शनिबार बिहानै सी बिच मोडलमा आधारित नारायणी नदी किनारमा पैदलमार्ग तथा अन्य पूर्वाधार निर्माणको शिलान्यास गरेका छन् ।एमालेले महाधिवेशनको उद्घाटन नारायणी नदी किनारमै गरेको थियो । एमाले महाधिवेशनको उद्घाटन सत्र स्थलमा आयोजित शिलान्यास कार्यक्रममा प्रचण्डले एमाले नेता कार्यकर्ताले चितवनको विकास देख्नुका साथै यहाँको राजनितिक महत्व के हो भन्नु कुरा पनि स्थापित गरेर गएको बताए ।
‘देशभरीका जनताले चितवन, चितवनको विकास, नारायणी, यहाँको धार्मिक पर्यटकीय स्थल, सबै जल जंगलको स्थिति बुझेर जानु भनेको चितवनवासी र हामी जनप्रतिनिधिका लागि खुसीको कुरा हो,' उनले भने ।एमालेको महाधिवेशन चितवनमा हुनुलाई आफूले नकरात्मक रुपमा नलिएको उनले बताए । यद्यपि यसअघिका विभिन्न कार्यक्रममा बोल्दा एमालेले आफूलाई सिध्याउनकै लागि चितवनमा महाधिवेशन गरेको प्रचण्डले बताएका थिए ।प्रचण्डले यातायात व्यवस्था सेवा कार्यालय भरतपुरको सवारी दर्ता तथा सवारी चालक अनुमति पत्र (स्मार्ट लाइसेन्स)को नवीकरण सेवा शुभारम्भको पनि शनिबार उद्घाटन गरे । बागमती प्रदेशअन्तर्गतको यातायात सेवा कार्यालयले स्मार्ट लाइसेन्सको नविकरण गर्न पाउने अधिकार पाएलगत्तै सेवा सञ्चालन गरेको हो ।
१८-१९ मंसिरसम्म चितवनमा हुन लागेको प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको प्रचण्डले उद्घाटन गर्दै छन् । उद्घाटनसँगै महाधिवेशनलाई प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ