सत्य, निष्पक्ष र खोजमुलक समाचार
मगलवार, ११ माघ २०७८ / Tuesday, 25 January 2022

कांग्रेस सुदूरपश्चिम प्रदेश सभापतिमा बलायर र मिश्र भिड्दै



प्रकाशित समय: शुक्रवार, ०५ : १८ बजे मंसिर १७ गते



कांग्रेस सुदूरपश्चिम प्रदेश सभापतिमा बलायर र मिश्र भिड्दै

धनगढी, १७ मंसिर।नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सुदूरपश्चिम प्रदेश सभापतिमा दुईजनाको मात्र उम्मेदवारी परेको छ ।

 

सभापति शेरबहादुर देउवा पक्षबाट वीरबहादुर बलायर र इतर पक्षबाट नारायणदत्त मिश्रको उम्मेदवारी परेको छ । संस्थापन पक्षबाट नरनारायण शाहले पनि सभापतिमा उम्मेदवारी दिने तयारी गरेका थिए । तर, उनी बलायरको प्यानलबाट महामन्त्रीमा बस्न राजी भएका छन् । 

 

दुई मात्र उम्मेदवार भएकाले सभापतिको निर्वाचनमा अब एकै चरणमा नतिजा आउने भएको छ ।