सुर्खेत, १७ मंसिर।नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत कर्णाली प्रदेश कार्यसमितिको सभापतिमा तीन जनाको उम्मेद्वारी परेको छ ।
नयाँ नेतृत्वका लागि सुरु भएको अधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा, विमलेन्द्र निधि र रामचन्द्र पौडेल पक्षबाट तीन जनाले प्रदेश सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन् ।देउवा पक्षबाट ललितजंग शाही, निधि पक्षबाट मोतीराज बम र पौडेल पक्षबाट भुपेन्द्रजंग शाहीले प्रदेश सभापतिमा मनोनयन दर्ता गरेका छन् । ललितजंग जुम्ला, मोतीराज र शाही कालीकोटका हुन् ।
यस्तै, प्रदेश महामन्त्री पदमा भने देउवा पक्षबाट निरञ्जन केसी र पौडेल पक्षबाट कृष्ण विसीले उम्मेद्वारी दर्ता गराएका छन् । सुर्खेतका केसी तरुण दलका पूर्वकेन्द्रीय उपाध्यक्ष र विसी दैलेखका निवर्तमान पार्टी सभापति हुन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ