पोखरा, १६ मंसिर।नेपाली कांग्रेस गण्डकीमा संस्थापन र संस्थापन इतरको उम्मेदवार तयार भएका छन् । संस्थापन पक्षले यसअघि नै पर्वतका अर्जुन जोशीलाई टिकट दिएको छ भने निकै रस्साकस्सीपछि संस्थापन इतरबाट कास्कीका शुक्रराज शर्मा सभापतिको उम्मेदवार बन्ने भएका छन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा. सशांक कोइरालासहितको उपस्थितिमा निरन्तर वार्ता र छलफलपछि शर्माको नाम टुंग्याइएको हो । सभापति पदको उम्मेदवार बाहीबार साँझ एक कार्यक्रम गरेर सार्वजनिक गरिएको छ ।लेकसाईडस्थित होटल स्नो ल्याण्डमा सबै उम्मेदवारले आफ्ना धारणा राखेपछि शर्मालाई टिकट दिने निर्णय गरिएको हो । सभापति टुंग्याए पनि अन्य पदाधिकारी र सदस्यको टुंगो लागेको छैन ।
संस्थापन पक्षबाट भने उपसभापतिमा मेखलाल श्रेष्ठ र नेत्र महत, महामन्त्रीमा ईश्वर पाण्डे र कुमार खड्का, सहमहामन्त्रीमा झुलबहादुर आले, राजनराज पन्त र ओमकला गौतमको नाम टुंगो लागेको छ
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ