सत्य, निष्पक्ष र खोजमुलक समाचार
बिहिवार, १० बैशाख २०८३ / Thursday, 23 April 2026

डोरमणिलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई पत्र

प्रकाशित समय: आइतवार, ०१ : ४० बजे माघ २८ गते



डोरमणिलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई पत्र

काठमाडौं । एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले प्रदेश ३ मा सरकार गठनको प्रक्रिया सुरु गरेका छन् ।

एमालेले संसदीय दलको नेतामा डोरमणि पौडेल चयन भएलगतै सरकार गठन प्रक्रिया सुरु भएको हो ।

 

प्रदेश ३ मा एमालेको प्रष्ट बहुमत छ भने माओवादीले पनि पौडेललाई नै समर्थन गरेको छ । एमालेले पौडेललाई मख्यमन्त्री नियुक्त गर्न माग गर्दै प्रदेश प्रमुखलाई पत्र पठाउने तयारी गरेको छ ।

 

माओवादी संसदीय दलका नेता शालिकराम जम्मरकट्टेलले आइतबार प्रदेश प्रमुखलाई पत्र पठाएर पौडेललाई समर्थन गरेको जनाएका छन् ।