खलङ्गा, १० मङ्सिर।नेपाली कांग्रेस जुम्लाको जिल्ला अधिवेशनबाट २५ महाधिवेशन प्रतिनिधि चुनिएका छन् । महाधिवेशन प्रतिनिधिका लागि यही मङ्सिर ६ गते निर्वाचन भएको थियो ।
सहायक निर्वाचन अधिकृत दुर्गबहादुर बस्नेतका अनुसार खुलातर्फ १० महाधिवेशन प्रतिनिधि निर्वाचित हुनुभएको छ । निर्वाचित हुनेमा देवेन्द्रबहादुर शाही (५०९), राजुसिंह कठायत (४९२), भक्तबहादुर रोकाया (४८१), दिनबन्धु श्रेष्ठ (४७९), धनबहादुर बस्नेत (४५१), कर्णजङ्ग हमाल (४४१), गोविन्दबहादुर शाही (४३९), गौरीनन्द आचार्य (४३८), दिलबहादुर महत (४३८) र लङ्कबहादुर शाही (४३४) रहनुभएको छ । महिलातर्फ कान्तिका सेजुवाल (५१२), भगवती श्रेष्ठ (४८१), पुन्नकली महतारा (४४७) र गीता शाही (४४६) महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।
यस्तै खस आर्य पुरुषतर्फ ललितजङ्ग शाही (५१५), जयहरि आचार्य (५००), पदमबहादुर शाही (४७०) र लक्ष्मीप्रसाद उपाध्याय (४१२), खस आर्य महिलातर्फ रामदेवी खड्का (४७३), उर्मिला खत्री भण्डारी (४५०), उमा बुढा रावत (४२३) र दिलकुमारी हमाल (४२२) विजयी हुनुभएको छ ।
यसैगरी दलित पुरुषतर्फ कृष्ण कामी (४६९), दलित महिलातर्फ लक्ष्मी कामी (४६३) र अपाङ्गतर्फ विष्णुबहादुर शाही (४५७) महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएको सहायक निर्वाचन अधिकृत बस्नेतले जानकारी दिनुभयो ।रासस
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ