कपिलवस्तु, ९ मङ्सिर।रामचन्द्र पौडेल पक्षको वर्चस्व रहेको कपिलवस्तुका दुई क्षेत्रमा संस्थापनका उम्मेदवारले बाजी पारेका छन् । संघीय निर्वाचन क्षेत्रीय अधिवेशनअन्तर्गत कपिलवस्तुमा तीन मध्ये दुई क्षेत्रमा देउवा पक्षका उम्मेदवार विजयी भएका हुन् ।
क्षेत्र नम्बर १ मा अब्दुल मन्नान खाँ र क्षेत्र नम्बर ३ मा ब्रह्मानन्द उपाध्याय सभापतिमा निर्वाचित भएका छन् । खाँले २० मतको अन्तरले टेक बहादुर शाहीलाई पराजित गरेका हुन् । उपाध्यायले हरि प्रसाद पोख्रेललाई २३ मतको अन्तरले पराजित गरेका छन् । क्षेत्र नम्बर ३ मा उपाध्यायको प्यानल नै विजयी भएको छ । यसै गरी विवादका कारण रोकिएको क्षेत्र नम्बर २ को मतगणना दिउँसो २ बजेपछि सुरु भएको छ ।
यसैगरी जिल्ला सभापतिका दाबेदारी गरेका तीन जना महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । क्षेत्र नम्बर १ बाट निर्वाचन लडेका हरि राज घिमिरे, लोक नाथ शर्मा र सोहरत तेली पराजित भएका छन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ