सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, १७ मंसिर २०७८ / Friday, 03 December 2021

सर्वोच्च अदालतमा आज पूर्ण बैठक बस्ने 



प्रकाशित समय: बिहिवार, १० : २१ बजे मंसिर ९ गते



सर्वोच्च अदालतमा आज पूर्ण बैठक बस्ने 

काठमाडौं । सर्वोच्च अदालतमा आज पूर्ण बैठक बस्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराबाहेकका न्यायाधीशहरूबीच हिजो भएको छलफलले आज पूर्ण बैठक बस्ने निर्णय गरेअनुसार बैठक बस्न लागेको हो । 
आजको बैठकले गोलाप्रथाबाट पेशी तोक्ने निर्णय गर्नेछ । यसअघि न्यायाधीशहरूको बैठकले आउँदो १५ गतेदेखि गोला प्रथाबाट इजलास गठन गर्ने निर्णय गरिसकेको छ । 
प्रधानन्यायाधिस जबराको राजीनामा माग गर्दै न्यायाधिसहरुले हाल बन्दी प्रत्यक्षीकरण रिटमा मात्रै सुनुवाइ गर्दै आइरहेका छन् ।