सिरहा, ८ मंसिर।नेपाली कांग्रेसको १४औं अधिवेशनअन्तर्गत सिरहाका १० स्थानीय तहको नेतृत्व सर्वसम्मत चयन भएको छ । सिरहाका १७ स्थानीय तहमध्ये तीन गाउँपालिका र सात नगरपालिकाका पदाधिकारी सर्वसम्मत चयन भएका हुन् ।
लहान र धनगढीमाई नगरपालिको निर्वाचन भईरहेको छ भने बाँकी पालिकाहरूमा सर्वसममतको प्रयास भइरहेको जिल्ला सचिव पन्चलाल महतोले जनाएको छ ।अधिवेशनले सिरहा नगरपालिका सभापतिमा अशिषलाल यादव, गोलबजार नगरपालिकामा लालबाबु भन्ने राजदेव साह, मिर्चैया नगरपालिकामा रमेश न्यौपाने, कल्याणपुर नगरपालिकामा कृष्णा साह, कर्जन्हा नगरपालिकामा मानबहादुर पाण्डे सर्वसम्मत निर्वाचित भएका छन् ।
त्यसैगरी लक्ष्मीपुर पतारी गाउँपालिकामा विद्यानन्द साह, भगवानपुर गाउँपालिकामा सुवास यादव, नवराजपुर गाउँपालिकामा मदन यादव, बरियारपट्टी योगेन्द्र यादव र नरहा गाउँपालिकामा कमलप्रसाद मण्डल निर्विरोध निर्वाचित भएका छन् ।
यसैगरी पालिका कार्यसमिति पनि सर्वसम्मतिमै चयन भएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ