सत्य, निष्पक्ष र खोजमुलक समाचार
बिहिवार, १० बैशाख २०८३ / Thursday, 23 April 2026

यशस्वी गुरुकुलले १३ औ वार्षिक उत्सव तथा अभिभावक दिवस मनायो । फोटो फिचर सहित

प्रकाशित समय: आइतवार, ०८ : ५७ बजे माघ १४ गते



यशस्वी गुरुकुलले १३ औ वार्षिक उत्सव तथा अभिभावक दिवस मनायो । फोटो फिचर सहित

ललितपुर ,ललितपुरको धोबीघाटमा रहेको यशस्वी गुरुकुल स्कुलले १३ औ वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ ।

राष्ट्रिय गितका रचनाकार ब्याकुल माईलाको प्रमुख आतिथ्यमा कार्यक्रमको उदघाटन गरिएको थियो भने कार्यक्रममा अभिभावकको बाक्लो उपस्थिीत रहेको थियो ।

विभिन्न स्कुलका प्रिन्सीपल तथा समाजका विभिन्न प्रतिष्ठत ब्यक्तीहरुको उपस्थिीत थियो कार्यक्रममा प्रमुख अतिथि ब्याकुल माईलाले विद्यार्थीलाई किताब ज्ञान भन्दा पनि ब्यावाहारीक र प्रयोगत्मक ज्ञान वर्तमान समयमा आवश्यक भएको बताएका थिए । उनले विद्यार्थीको हौसला बढाउन कार्य्रकमा कविता वाचन गरेका थिए  ।

 

विद्यालयका प्रिन्सीपल होमनाथ अधिकारिले गुणस्तर र ब्यवहारीक शिक्षा प्रदान गर्ने गुरुकुलले कुनै कसर बाकी नराख्ने बताउदै स्वच्छ प्रतिष्पर्धामा विद्यालय सन्चालनं गनुपर्न बताएका थिए ।

कार्यक्रममा ब्यापसन  ललितपुरका अध्यक्ष शिव कार्कीले अध्यापन मात्र नगराई अचिरिक्त त्रियाकलाप मार्फत पनि विद्यार्थीको प्रतिभाको पहिचान हुने र बाहिर देखिने बताउदै यस्ता कार्यक्रमहरु आयोजनाले विद्यार्थी अभिभावक र शिक्षक लाई समेत थप उर्जा मिल्ने बताए ।

 

कार्यक्रममा विद्यार्थीले सास्कृतिक नृत्य , नाटक , मनोेरन्जानात्मक प्रस्तुतिहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय गितका रचनाकार ब्याकुल माईलालाई सम्मान गरिनुका साथै विद्यालयका उत्कृठ कर्मचारि लाई समेत सम्मान गरिएको थियो ।

२०६१ सालमा १६ जना विद्यार्थी बाट सुरु गरिएको विद्यालयमा हाल चार सय भन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन ।