सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, १७ मंसिर २०७८ / Friday, 03 December 2021

गौमुखी गाउँपालिकाअध्यक्ष गिरि कांग्रेस प्युठान सभापतिमा विजयी



प्रकाशित समय: बुधवार, ०९ : ११ बजे मंसिर ८ गते



गौमुखी गाउँपालिकाअध्यक्ष गिरि कांग्रेस प्युठान सभापतिमा विजयी

प्युठान, ८ मंसिर । नेपाली कांग्रेस प्युठान सभापतिमा विष्णुकुमार गिरि विजयी भएका छन् । मंगलबार राति सार्वजनिक मतपरीणाम अनुसार गिरिले प्रतिस्पर्धी शिव रिजाललाई ७२ मतअन्तरले पराजित गरेक हुन् । गिरिले ५ सय ६६ मत पाउँदा रिजालले ४ सय ९४ मतमा चित्त बुझाए ।  गिरि गौमुखी गाउँपालिका अध्यक्षसमेत हुन् ।

१४औँ जिल्ला अधिवेशनमा सभापतिबाहेकका पदमा सर्वसम्मत भएको छ । कुल १ हजार १ सय ९ मध्ये १ हजार ६५ मत खसेको थियो ।