सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, १७ मंसिर २०७८ / Friday, 03 December 2021

रोङ गाउँपालिका अध्यक्ष राई कांग्रेस क्षेत्रीय सभापतिमा निर्वाचित



प्रकाशित समय: बुधवार, ०८ : ५८ बजे मंसिर ८ गते



रोङ गाउँपालिका अध्यक्ष राई कांग्रेस क्षेत्रीय सभापतिमा निर्वाचित

इलाम, ८ मंसिर । नेपाली कांग्रेस इलाम क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा समशेर राई निर्वाचित भएका छन् । उनी २ सय ४७ मतसहित क्षेत्रीय सभापतिमा निर्वाचित भएका हुन् ।

सभापतिमा निर्वाचित राई रोङ गाउँपालिकाका अध्यक्ष हुन् । उनका निकटतम प्रतिष्पर्धी भीष्म प्रधानले २ सय १४ मत प्राप्त गरे  । सभापतिका अर्का प्रतिस्पर्धी दुर्गा बरालले १ सय ९७ मत पाए ।

क्षेत्रीय सभापतिका चार उम्मेदवारमध्ये मिलन क्षेत्रीले २१ मत ल्याएका छन् । क्षेत्रीय सचिवमा राजकुमार लिम्बु र यामन लामा विजयी भएका छन् ।  लिम्बुले २ सय ५४ मत र  लामाले २ सय ३१ मत प्राप्त गरे । सहसचिवमा प्रज्वल भट्टराइले ३ सय १० र बुद्रधराज लिम्बुले २ सय ६६ मत ल्याएका छन् ।