कर्णाली, ७ मङ्सिर।नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले कार्यकर्ताबाट अनुमोदित हुन महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएको बताउनुभएको छ । महामन्त्री खड्काले सुर्खेत क्षेत्र नं १ बाट खुला पुरुषतर्फ महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिनुभएको हो ।
पूर्वगृहमन्त्री खड्काले गुर्भाकोट नगरपालिका सुर्खेत मेहलकुनास्थित सिटी हलमा पुगेर मतदान गर्नुभएको थियो । उहाँको क्षेत्रबाट करिब ९०० प्रतिनिधिले मतदान गर्दै छन् । मनोनित भएर जाने व्यवस्था भए पनि कार्यकर्ताबाटै अनुमोदित भएर जाने ईच्छा व्यक्त गर्दै उम्मेदवारी दिएको उहाँले बताउनुभयो ।
निर्वाचन क्षेत्र नं २ का कांग्रेसका केन्द्रीय सदस्य हृदयराम थानीले भने महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिनुभएको छैन । उहाँका अनुसार उम्मेदवारी नदिए पनि केन्द्रीय सदस्यका हिसाबले उहाँ महाधिवेशन प्रतिनिधिका रुपमा मनोनित हुनुहुन्छ, । केन्द्रीय सदस्य थानी प्रतिनिधित्व गर्ने क्षेत्रबाट करिब एक हजार प्रतिनिधिले मतदान गर्दैछन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ