सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, १७ मंसिर २०७८ / Friday, 03 December 2021

नेपाली कांग्रेस ललितपुर क्षेत्र नं १ को क्षेत्रीय सभापतिमा सुन्दरमान थिङ निर्वाचित



प्रकाशित समय: मगलवार, ०५ : ५७ बजे मंसिर ७ गते



नेपाली कांग्रेस ललितपुर क्षेत्र नं १ को क्षेत्रीय सभापतिमा सुन्दरमान थिङ निर्वाचित

ललितपुर, ललितपुर निर्वाचन क्षेत्र नं १ मा सुन्दर मान थिङ निर्वाचित भएका छन् । निर्वाचित सभापति थिङले ३५२ र उनका प्रतिद्वन्द्वी रामकृष्ण लामा इन्द्रले २४६ मत पाए ।

 

सचिवमा मथुरा प्रसाद शर्मा र शेखर न्यौपाने बिजयी भएका छन् । शर्माले ४१७ मत र न्यौपानेले ३९० मत पाए भने पराजित उम्मेदवार राजकुमार चौलागाईले १९९ र कृष्णकुमार थापाले १५९ मत पाए ।

 

सहसचिवमा बिजय कुमार लोले ३९७ मत र मनोहर सिलवालले ३७७ प्राप्त गरी विजयी भएका छन् । पराजित उम्मेदवार प्रकाश तिमल्सिनाले १९६ मत बद्री प्रसाद ढोडारीले १८८ मत पाए ।