तनहुँ, ६ मंसिर।नेपाली कांग्रेस तनहुँको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन अगावै केही पदमा भने निर्विरोध नेतृत्व चयन भइसकेकाे छ । आइतबार उम्मेदवारी दर्ताको बेलामै केही पदाधिकारी निर्वारोध चयन भएका छन् । आवश्यक संख्याभन्दा बढीको उम्मेदवारी नपरेपछि उनीहरू निर्वारोध निर्वाचित भएका हुन् ।
क्षेत्र नम्बर १ को क्षेत्रीय कार्यसमितिको महिला सदस्य खस आर्यमा कल्पना भकुण्डी, दलित सदस्यमा लक्ष्मी परियार, मुस्लिम, अल्पसंख्यक, अपांग सदस्यमा प्रकाश राउत सर्वसम्मत निर्वाचित भएका छन् । प्रदेश सभा (क) महिला सदस्यमा मधु दमाई, अन्य सदस्यमा पविन्द्र भट्टराई, जमिर हुसेन, प्रदेश सभा (ख) महिला सदस्यमा इन्द्रमाया थापा मगर, अन्य सदस्यमा गोविन्द गिरी र रामभक्त भट्टराई सर्वसम्मत भएका हुन् ।महाधिवेशन प्रतिनिधिमा खस आर्य महिलामा पवित्रादेवी पौडेल सर्वसम्मत भएकी छन् । उनी जिल्ला समन्वय समिति तनहुँकी उपप्रमुख पनि हुन् । यीबाहेक अरु पदमा मतदान जारी छ । क्षेत्र नम्बर १ मा ९५४ जना मतदाता छन् ।
क्षेत्र नम्बर २ मा सदस्यमा प्रत्यक्ष महिलातर्फ कुमारी राना, मुस्लिम, अल्पसंख्यक तथा अपांगतर्फ सौरभ कोइराला सर्वसम्मत निर्वाचित भएका छन् । यस्तै, प्रदेश सभा (ख) महिला सदस्यमा याममाया थापा, अन्य सदस्यमा रामबहादुर राना र बुद्धीमान राना निर्विरोध भएका छन् । यो क्षेत्रमा ८६१ जना मतदाता रहेको निर्वाचन समितिले जनाएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ