सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १२ बैशाख २०८३ / Saturday, 25 April 2026

थप २९९ जनामा कोरोना संक्रमण पुष्टि, २६० संक्रमित कोरोनामुक्त

प्रकाशित समय: बिहिवार, ०४ : २६ बजे मंसिर २ गते



थप २९९ जनामा कोरोना संक्रमण पुष्टि,  २६० संक्रमित कोरोनामुक्त

काठमाडौं, २ मंसिर।नेपालमा बिहीबार थप २ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

 

देशभर गरिएको ८ हजार ८ सय ६३ पिसिआर परिक्षणका क्रममा २ सय ७२ जना र ३ हजार २ सय ८८ एन्टीजेन परिक्षणका क्रममा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ९ लाख १३ हजार ५ सय ५७ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप ६ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ४ सय ८९ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप २ सय ६० संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ९९ हजार १ सय ७६ जना निको भएका छन् । हाल नेपालमा ७ हजार ६ सय ४२ सक्रिय संक्रमित आइशोलेशन र ९८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।