सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १२ बैशाख २०८३ / Saturday, 25 April 2026

थप ३७७ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

प्रकाशित समय: मगलवार, ०४ : ३४ बजे कार्तिक ३० गते



थप ३७७ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

काठमाडौं, ३० कात्तिक।नेपालमा मंगलबार ३ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

 

देशभर गरिएको ६ हजार ५ सय ५ पिसिआर परिक्षणका क्रममा ३ सय ३९ जना र २ हजार ६ सय ४४ एन्टीजेन परिक्षणका क्रममा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख १२ हजार ८ सय ४६ पुगेको छ ।त्यस्तै कोरोनाका कारण थप ४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ४ सय ८२ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।त्यस्तै थप १ सय ७० संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ९८ हजार ७ सय १४ जना कोरोनामुक्त भएका छन् ।

हाल नेपालमा ७ हजार ४ सय ७६ सक्रिय संक्रमित आइशोलेशन र ९८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।