सत्य, निष्पक्ष र खोजमुलक समाचार
मगलवार, १५ बैशाख २०८३ / Tuesday, 28 April 2026

बन्दमा पनि रोकिएन नेपाल बारको आन्दोलन, सर्वाेच्चमा धर्ना

प्रकाशित समय: मगलवार, १० : ३४ बजे कार्तिक ३० गते



बन्दमा पनि रोकिएन नेपाल बारको आन्दोलन, सर्वाेच्चमा धर्ना

काठमाडौं, ३० कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आन्दोलनरत नेपाल बार एसोसिएसन नेपाल बन्दमा पनि धर्नामा उत्रिएको छ । २३ दिनदेखि आन्दोलनरत बारले आज मंगलबार बिहान सर्वाेच्च अदालतमा धर्ना सुरु गरेका छन् । आज नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको नेपाल बन्द रहे पनि बारले आन्दोलनरतलाई निरन्तरता दिएको हो । 

प्रधानन्यायाधीश जबराले साेमबार मात्र वक्तव्य जारी गर्दै विधिसम्मत वार्ताका लागि आह्वान गरेका थिए । तर नेपाल बारले भने उक्त प्रस्ताव नै अस्वीकार गर्दै आन्दाेलनलाई निरन्तरता दिएकाे छ । सर्वाेच्चका न्यायाधीश पनि जबराले मार्गप्रशस्त गर्नुपर्ने मागसहित इजलासमा बसेका छैनन् ।