सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १२ बैशाख २०८३ / Saturday, 25 April 2026

थप ४ सय १६ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित समय: सोमवार, ०५ : १७ बजे कार्तिक २९ गते



थप ४ सय १६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं ।नेपालमा सोमबार थप ४ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

 

देशभर गरिएको ७ हजार ५ सय ५४ पिसिआर परिक्षणका क्रममा ३ सय ६७ जना र ४ हजार ८ सय ४८ एन्टीजेन परिक्षणका क्रममा ४९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख १२ हजार ४ सय ७९ पुगेको छ ।

 

त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ४ सय ७८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप २ सय ७० संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ९८ हजार ५ सय ४४ जना कोरोनामुक्त भएका छन् । हाल नेपालमा ७ हजार ३ सय ११ सक्रिय संक्रमित आइशोलेशन र ९८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।