काठमाडौं ।नेपालमा आइतबार थप ३ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ८ हजार ८ पिसिआर परिक्षणका क्रममा २ सय ९१ जना र १ हजार ५ सय ९८ एन्टीजेन परिक्षणका क्रममा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख १२ हजार ५३ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ६ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ४ सय ७७ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
त्यस्तै थप ३ सय ४८ संक्रमित निको हुँदा हालसम्म नेपालमा ७ लाख ९८ हजार २ सय ७४ जना निको भएका छन् । हाल नेपालमा ७ हजार २ सय १५ सक्रिय संक्रमित आइशोलेशन र ९८ जना क्वारेनटाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ