सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १२ बैशाख २०८३ / Saturday, 25 April 2026

थप ३९७ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु

प्रकाशित समय: शुक्रवार, ०४ : ३७ बजे कार्तिक २६ गते



थप ३९७ जनामा कोरोना संक्रमण पुष्टि,  ३ जनाको मृत्यु

काठमाडौं, २६ कात्तिक।नेपालमा शुक्रबार थप ३ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

देशभर गरिएको ९ हजार १ सय ३४ पिसिआर परिक्षणका क्रममा ३ सय ५५ जना र १ हजार ९ सय ३२ एन्टीजेन परिक्षणका क्रममा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ११ हजार ४ सय ५२ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ४ सय ६९ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै थप ३ सय ८९ संक्रमित निको हुँदा हालसम्म नेपालमा ७ लाख ९७ हजार ४ सय ४८ जना निको भएका छन् । हाल नेपालमा ७ हजार ४ सय ९८ सक्रिय संक्रमित आइशोलेशन र ९८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।