पुस १ ललितपुर,नेपाली काँग्रेस ललितपुर क्षेत्र नम्बर १ का उम्मेदवार तथा माननीय अर्थ राज्यमन्त्री उदय शम्शेर राणाले आफुले चुनावमा हार व्यहोरे पनि समृद्धि र विकासले नहारोस् भनेका छन्। प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनपछि पहिलोपटक नेपाली कांग्रेस ललितपुर क्षेत्र नं एकले विभिन्न गाउँमा आयोजना गरेको अन्तरक्रिया र छलफल कार्यक्रममा राणाले यस्तो कुरा बताएका हुन्। उनले प्रतिनिधिसभाको निर्वाचनमा चुनाव हारेपनि जनताको मन जितेको बताउँदै आफूलाई मत दिने मतदाताको विश्वास र मनोबललाई हार्न नदिने बताए।
मत परिणाम आएको हप्ता दिन पछि आफ्नो निर्वाचन क्षेत्रका विभिन्न गाउँमा पुगि राणाले यस्तो कुरा बताएका हुन्।
कांग्रेसले यस क्षेत्रमा गरेका विकास निर्माणका क्रियाकलाप योजनाहरु बताउन नसक्दा नेपाली कांग्रेसले चुनावमा हार व्यहोर्नुपरेको उल्लेख गरे।
एउटा चुनाव हार्दैमा कांग्रेस कमजोर नहुने भन्दै उनले पार्टी संगठनलाई अझ सुदृढ र मजबुत बनाएर अगाडि बढ्नुपर्ने बताए। आफु सांसद नभएपनि जनताको काममा आफू जहिले पनि उतिकै लाग्ने, विकास र समृद्धिको लागि आफु कहिले पछि नहट्ने बताए ।
नवप्रवेशी साथीहरुलाई सम्बोधन गर्दै उनले भने - अब कांग्रेसको संगठन बनाउने जिम्मेवारी तपाईंहरूको पनि हो, तपाई हामी मिलेर संगठन बलियो बनाउनुपर्छ।
चुनावमा पराजय भएपनि राणासँगै नेपाली काँग्रेसका प्रदेशसभा (क) र (ख) का उमेद्वार ऋषिराम घिमिरे ,मीनकृष्ण महर्जन आफ्ना कार्यकर्ता र शुभचिन्तकलाई सान्त्वना दिन कार्यकर्ताको घरदैलो पुगिरहेका छन्।
नेपाली कांग्रेस ललितपुर क्षेत्र नं १ ले नेपाली काँग्रेसका उम्मेदवार र पार्टीलाई मतदान गर्नुहुने सम्पूर्ण कार्यकर्ता,मतदाता, शुभचिन्तकहरुलाई धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको क्षेत्रीय सचिव सुन्दरमान थिङ तामाङले बताएका छन्।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ