सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १२ बैशाख २०८३ / Saturday, 25 April 2026

थप ५ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

प्रकाशित समय: मगलवार, ०५ : ०७ बजे कार्तिक २३ गते



 थप ५ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

काठमाडौं, २३ कात्तिक ।नेपालमा मंगलबार थप ५ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

 

देशभर गरिएको १४ हजार ९ सय १८ पिसिआर परिक्षणका क्रममा ४ सय ४३ जना र १ हजार ८ सय १८ एन्टीजेन परिक्षणका क्रममा ९० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख १० हजार २ सय ९८ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ४ सय ५४ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै थप ४ सय ८४ संक्रमित निको हुँदा हालसम्म नेपालमा ७ लाख ९६ हजार ३ सय ६ जना निको भएका छन् । हाल नेपालमा ७ हजार ६ सय १२ सक्रिय संक्रमित आइशोलेशन र १ सय १० जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।