सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १२ बैशाख २०८३ / Saturday, 25 April 2026

थप १८३ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

प्रकाशित समय: शुक्रवार, ०४ : २२ बजे कार्तिक १९ गते



थप १८३ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

काठमाडौं, १९ कात्तिक।नेपालमा शुक्रबार थप १ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

देशभर गरिएको २ हजार ३ सय ७ पिसिआर परिक्षणका क्रममा १ सय ७४ जना र २ हजार ५ सय ३७ एन्टीजेन परिक्षणका क्रममा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ९ हजार ९३ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ४ सय ३८ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै थप ६ सय ४९ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ९४ हजार ४ सय ३८ जना निको भएका छन् । हाल ८ हजार ४ सय १३ सक्रिय संक्रमित आइशोलेशन र १ सय १५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।