सत्य, निष्पक्ष र खोजमुलक समाचार
मगलवार, ११ माघ २०७८ / Tuesday, 25 January 2022

अमेरिकामा ३ देखि ११ वर्षका बालबालिकालाई पनि फाईजर खोप दिइने



प्रकाशित समय: बुधवार, ०९ : २८ बजे कार्तिक १७ गते



अमेरिकामा ३ देखि ११ वर्षका बालबालिकालाई पनि फाईजर खोप दिइने

एजेन्सी / न्युयोर्क । अमेरिकाले पाँच वर्षदेखि ११ वर्षसम्मका बालबालिकाका लागि फाईजर खोप स्वीकृत गरेको छ । योसँगै अब अमेरिकामा सो उमेर समूहका लाखौं बालबालिकाले खोप लगाउन पाउने भएका छन् । 

रोग नियन्त्रण तथा उन्मुलन केन्द्र (सीडीसी) ले बालबालिकाका लागि खोप अनुमोदन गरेको हो । अमेरिकामा यसअघि १२ वर्षमाथि बालबालिकामा फाइजर दिइएको थियो । अनुमोदनपछि अमेरिकामा दुई करोड ८० लाख बालबालिकाले फाइजर खोप लगाउने भएका छन् ।

जनजीवनलाई सामान्य बनाउन बालबालिकालाई पनि खोप आवश्यक भएको विज्ञहरुले सुझाव दिँदै आएका थिए । यसअघि सीडीसीका विज्ञको एउटा टोली र  त्यहाँको खाद्य तथा औषधी प्रशासन (एफडीए) ले पाँच वर्ष माथिका बालबालिकालाई फाइजर खोप लगाउन सकिने जनाएका थिए ।

कोभिड नियन्त्रणका लागि खोप ९१ प्रतिशत प्रभावकारी हुने एफडीएका अधिकारीहरुले बताएका छन् । खोप लगाएका बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता १६ देखि २५ वर्षका व्यक्तिहरुको जस्तै हुने विज्ञहरुको भनाई छ । खोप लगाएपछि कुनै ‘साईड इफेक्ट’ नदेखिने पनि उनीहरुले बताएका छन् ।