सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १२ बैशाख २०८३ / Saturday, 25 April 2026

थप ४ सय ६९ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु

प्रकाशित समय: मगलवार, ०४ : १७ बजे कार्तिक १६ गते



थप ४ सय ६९ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु

काठमाडौं, १६ कात्तिक।नेपालमा मंगलबार थप ४ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

 

देशभर गरिएको ७ हजार १ सय १५ पिसिआर परिक्षणका क्रममा ४ सय २२ र ३ हजार १ सय ७२ एन्टीजेन परिक्षणका क्रममा ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको  संख्या ९ लाख ८ हजार १ सय ७ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ११ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ४ सय २७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप ५ सय ५५ संक्रमित निको हुँदा हालसम्म नेपालमा ७ लाख ९२ हजार ८ सय ३२ जना निको भएका छन् । हाल नेपालमा ९ हजार १ सय ७४ सक्रिय संक्रमित आइशोलेशन र १ सय २० जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।