काठमाडौं । साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र बङ्गलादेश खेल्दैछन् । नेपालले जिते फाइनल प्रवेश गर्नेछ । मालेमा रहेको राष्ट्रिय रङ्गशालामा नेपाल र बङ्गलादेशबीचको खेल दिउँसो पौने ५ बजे सुरु हुनेछ । नेपालले अहिलेसम्म साफ च्याम्पियनसिपको फाइनल यात्रा तय गर्न सकेको छैन । तर, बङ्गलादेशविरुद्ध बराबरी वा जितको नतिजाले नेपाल पहिलो पटक साफको फाइनलमा पुग्नेछ ।
साफमा सेमिफाइनलसम्मको यात्रा नेपालको ठूलो उपलब्धि हो । श्रीलङ्काले चार खेल खेल्दा अन्य टोलीले तीनरतीन खेल खेलेका छन् । लिग तालिकामा समान ६ अङ्क भए पनि गोल अन्तरको आधारमा आयोजक माल्दिभ्स शीर्ष स्थानमा उक्लिँदा भारतसँगको पराजयले नेपाल दोस्रो स्थानमा झरेको छ ।
साफ च्याम्पियनसिपमा नयाँ इतिहास रच्ने सङ्घारमा नेपाली टोली छ । अब नेपाललाई फाइनल पुग्न मात्र एक अङ्कको आवश्यकता छ । नेपालले सुरुआती दुई खेलमा लगातार जित निकालेको थियो । माल्दिभ्सलाई १–० ले हराएको नेपालले श्रीलङ्कालाई ३–२ ले हराएको थियो ।
तर, नेपाल भारतसँग १–० ले पराजित भएको थियो । आज नै भारतले माल्दिभ्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।
नेपाली राष्ट्रिय फुटबल टिमका सहायक प्रशिक्षक किरण श्रेष्ठले फाइनल प्रवेश गर्न बंगलादेशविरुद्ध राम्रो नतिजा निकाल्ने बताएका छन्। बंगलादेशविरुद्धको खेलअघि मंगलबार सम्पन्न प्रि–म्याच कन्फरेन्समा बोल्दै प्रशिक्षक श्रेष्ठले फाइनल पुग्न राम्रो नतिजा निकाल्ने स्पष्ट पारेका हुन्।
नेपाली टिम -
गोलकिपर- किरण चेम्जोङ
डिफेन्डर - अनन्त तामाङ, गौतम श्रेष्ठ, दिनेश राजवंशी, रोहित चन्द,
मिडफिल्डर - पुजन उपरकोटी, तेज तामाङ, सुजल श्रेष्ठ
फरवार्ड - अन्जन विष्ट, आयुष घलान, नवयुग श्रेष्ठ
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ